

विश्वमा एकै दिन सात लाखभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा सात लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिका, बेलायत, फ्रान्स जस्ता देशमाकोरोना संक्रमण अत्यधिक बढेको हो।
तथ्यांकहरु अनुसार अमेरिकामा एकै दिन १ लाख ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै‚ बेलायतमा ९३ हजार, फ्रान्समा ५८ हजार, जर्मनीमा ४८ हजार ३००, स्पेनमा ३३ हजार ३०० र इटलीमा २८ हजार ६०० भन्दा बढीमा कोरोना पुष्टि भएको छ।
यस्तै सोही अवधिमा विश्वभर झण्डै सात हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अमेरिकामा १ हजार ४००, रसियामा १ हजार ८०, पोल्याण्डमा ५६६, जर्मनीमा ४५२, युक्रेनमा ३२८, भियतनाममा २४६ तथा टर्कीमा १९० जनाको मृत्यु भएको छ। विश्वभर कोरोनाबाटहालसम्म ५३ लाख ६० हजार मानिसको मृत्यु भएको छ। अहिले २ करोड २७लाख सक्रिय संक्रमित छन्।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया