

अस्ट्रेलियाले भाेलिदेखि विद्यार्थी र अस्थायी बसोबास अनुमति पाएका विदेशी नागरिकलाई प्रवेश दिने





काठमाण्डाै
अस्ट्रेलियाले भोलि बुधवारदेखि विदेशी विद्यार्थी र अस्थायी बसोबासका लागि भिसा पाएका विदेशी नागरिकका लागि सीमा खुला गर्ने भएको छ ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले डिसेम्बर १५ तारिख अर्थात् भोलिदेखि सीमा खुला गर्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ । यसअघि अस्ट्रेलियाले विद्यार्थी र अस्थायी बसोबास भिसा रहेका विदेशी नागरिकहरूलाई डिसेम्बर १ अर्थात् दुई हप्ताअघि नै सीमा खोल्ने निर्णय गरेको भए पनि ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि भोलिसम्मका लागि बन्द गरेको थियो ।
प्रधानमन्त्री मरिसनले भोलिदेखि भने अन्तर्राष्ट्रिय सीमा खोल्ने बताउनुभएको हो । भोलिदेखि विदेशी विद्यार्थीका साथै अस्थायी बसोवास भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरूका अभिभावक र दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउनेछन् ।
अस्ट्रेलियाको केन्द्रीय सरकारले झन्डै २० महिनादेखि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । न्यु साउथ वेल्स, भिक्टोरिया र राजधानी रहेको क्यापिटल क्षेत्रमा तीन दिन तथा अरू राज्यमा १४ दिन क्वरेण्टीन अनिवार्य छ । पूर्ण मात्रा खोप र तीन दिनभित्रको कोरोना नेगेटिभ रिपोर्ट सबै राज्यमा अनिवार्य रहेको बीबीसीले जनाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया