

लुम्बिनीमा कराेडाैंकाे भव्य रामजानकी मन्दिर शिलान्यास


लुम्बिनी
विवाह पञ्चमीको अवसर पारेर लुम्बिनीमा रामजानकी हनुमान मन्दिरको शिलान्यास गरिएको छ । बुद्ध जन्मस्थल नजिक लुम्बिनी सांस्कृतिक नगरपालिका-१ भगवानपुरमा पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा बन्ने रामजानकी मन्दिर शिलान्यास गरिएको हो ।
आज एक कार्यक्रमका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्दिरको शिलान्यास गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संयुक्त साझेदारीमा पाँच करोड ३१ लाख ९९ हजार ४२ रुपैयाँको लागतमा बन्ने अनुमान गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताए ।
६५ प्रतिशत मन्त्रालय र ३५ प्रतिशत नगरपालिकाको लगानीमा एक बिघा एक धुर क्षेत्रफलमा रामजानकी मन्दिर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिङ, शौचालय, पोखरी, ब्रिज र बाउन्ड्री वाल निर्माण हुने इन्जिनियर कोहारले जानकारी दिए । एक आकर्षक डिजाइनमा बन्ने उक्त मन्दिरको क्षेत्रफल दुई हजार स्क्वायर फिट रहने छ । मन्दिर शिलान्यासमा राम जन्मभूमि अयोध्याको पवित्र माटो र सीताराम नामक इँटा राखिएको छ । अयोध्या नगरका पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगर प्रमुख चौधरीलाई राम जन्मभूमिको पवित्र माटो र सीताराम इँटा हस्तान्तरण गरेका थिए ।
बाबुल लुम्बिनी संस्कृतिक एसोसिएट प्रा.लिले उक्त मन्दिर निर्माणका लागि तीन करोड ८५ लाख चार हजार एक सय ७५ रुपैयाँमा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको नगरपालिकाले जानकारी दिएको छ । सो अवसरमा राम जन्मभूमि आयोध्या हनुमानगढीका महन्त एवं सन्त राजु दासजी महाराज र हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको विशेष उपस्थिति थियो । लुम्बिनीमा बन्ने साे मन्दिरले पर्यटकीय विकास र आर्थिक समृद्धिका लागि उल्लेख्य भूमिका खेल्ने वक्ताहरुले विश्वास व्यक्त गरे ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया