

कांग्रेस महाधिवेशन : लुम्बिनी प्रदेश महामन्त्रीमा कपिलवस्तुका आचार्य विजयी



कपिलवस्तु । कांग्रेसको प्रदेश महामन्त्री पदमा पौडेल पक्षीय कपिलवस्तुका सुरेन्द्रराज आचार्य बिजयी हुनुभएको छ । कांग्रेस कपिलवस्तुका पूर्वजिल्ला सभापति तथा पूर्वसिचाई राज्यमन्त्री समेत रहनुभएका आचार्य महामन्त्रीमा निर्वाचित हुनुभएको हो । अमरसिँह पुनको प्यानलबाट महामन्त्रीमा उमेद्धारी दिनुभएका नेता आचार्य सहित लुम्बिनी प्रदेशमा पौडेल पक्षीय प्यानल नै बलियो देखिएको छ । महामन्त्रीमा नेता आचार्य एक सय बढि मत अन्तरले बिजयी हुनुभएको हो ।
महामन्त्रीमा आचार्य सहित बिक्रम खनाल पनि विजयी हुनुभएको छ भने उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ ,सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।
प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना शुरू भएको थियो । निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।
लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि १२ जिल्लाका लागि जिल्लागत निर्वाचन निर्वाचन भएको थियो । जसमा १२ महिलासहित २४ जना र खुलामा पाँच महिलासहित १७ जनाका लागि निर्वाचन भएको छ ।
समावेशी सदस्यमा खस आर्यतर्फ चार महिलासहित आठ जना, आदिवासी जनजातीमा दुई महिलासहित पाँच जना, मधेशीमा दुई महिलासहित चार जना, दलितमा दुई महिलासहित चार जना, थारुमा दुई महिलासहित चार जना, मुस्लिम एक महिलासहित दुई जना र अल्पसंख्यक वा अपाङ्गमध्ये एक जना गरी ६१ जनाको लुम्बिनी प्रदेश समिति हुने काँग्रेसको विधानमा उल्लेख छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया