

बाणगंगा नगरपालिकाको नि:शुल्क एम्बुलेन्स सेवा कार्यक्रम बन्द अवस्थामा



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले संचालनमा ल्याएको एक लोकप्रिय कार्यक्रम संचालनको प्रभावकारीता देखिन नपाउँदै बन्द भएको छ ।
स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन प्रोत्साहनका लागी स्थानीय अस्पताल र बर्थिङ सेन्टरमा प्रसूती हुने महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने एक लोकप्रिय कार्यक्रम नगरपालिकाले वार्षिक योजनामा राखेर संचालन गरेको थियो । स्वास्थ्यका क्षेत्रमा नयाँ कार्यक्रमको सुरुवात गरेको भन्दै नगरपालिकाले चर्चा पनि भएको थियो । तर नगरपालिका भित्रै आर्थिक भुक्तानीको भन्झटिलो प्रक्रिया र कर्मचारीहरुका फरक फरक नियमका कारण एम्बुलेन्स चालकहरुले नगरपालिकको यो कार्यक्रममा सहकार्य गर्न नसक्ने भन्दै सेवा दिन छोडेका छन् ।
कारोना महामारिका बेला एम्बुलेन्स चालकहरु क्वारेन्टिन बसेपछि गर्भवती र सुत्केरी महिलाहरुलाई जोखिम हुने भन्दै बोक्न छोडे तर नगरपालिको लागु गरेको सो कार्यक्रममा वैकल्पिक व्यवस्थ गर्न नसकेको धेरैको गुनासो छ । पिपरा अस्पतालका एम्बुलेन्स चालक मधु बेल्वासेका अनुसार आफुले एकैपटक रकम भुक्तानी गरेको र त्यस पछि सेवा दिन छोडेको बताए । जिल्ला एम्बुलेन्स चालक समितिका जिल्ला अध्यक्ष समेत रहेका बेल्वासेले हाल पिपरा अस्पतालकै एम्बुलेन्स चलाउछन् तर अहिले उनी बिरामीसँग सोझै रकम लिन्छन् ।
यस्तै शान्ति सृजना युवा क्लवले संचालन गरेको एम्बुलेन्सका चालक सुरज पौडेलका अनुसार नगरपालिकाको कार्यक्रम राम्रो रहेको भए पनि नगरका कर्मचारीहरुका कारण रकम भुक्तानीमा समस्या हुने गरेकाले आफुहरुले अहिले नगरपालिका सँग काम गर्न छोडेको बताए । अहिले उनले पनि सोझै बिरामीका आफन्त सँग एम्बुलेन्स सेवा वापतको रकम लिने गर्दछन् ।
गर्भवती र सुत्केरी महिलाहरुको सहज स्वास्थ्य सेवाका लागि भन्दै नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ देखि यो कार्यक्रम संचालनमा ल्याएको थियो । संचालनको पहिलो वर्ष केही गति लिएको यो कार्यक्रम हाल भने पूर्णरुपमा स्थगित भएको छ । संचालनको पहिलो आर्थिक वर्षमा नगरपालिकाले पाँच लाख समेत बजेटको प्रबन्ध गरेको थियो ।
चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकाले सो बजेटमा बृद्धी गर्नुपर्नेमा बजेट समेत घटाएको छ । अहिले यो कार्यक्रमका लागि यस आर्थिक वर्षमा जम्मा रु. चार लाख बजेट विनियोजन गरिएको भेटिएको हो । सो शिर्षकको बजेट घटाएर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरु र स्वास्थ्यकर्मीहरुका लागि अध्ययन अवलोकन भ्रमणमा छुट्टाएको स्वास्थ्य क्षेत्रकै एक स्रोतले बताएको छ । अध्ययन अवलोकन शिर्षकको कार्यक्रम भने गत आर्थिक वर्षमा नभएको पाइएको हो ।
यता बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले कार्यक्रम सम्झौताका लागि नयाँ सूचना प्रकाशन गरिएको तर कुनै पनि एम्बुलेन्स चालक वा संस्था सम्झौताका लागि नआएको बताए । अब नगरपालिकाले सोझै सुत्केरी महिलाका परिवारलाई नै रकम भुक्तानीको प्रक्रिया बनाउने जिकिर गरे ।
एम्बुलेन्स चालक वा संस्थाहरु नगरपालिकामा कार्यक्रम सम्झौताका लागि किन आएनन् भन्नेमा स्वास्थ्य शाखा प्रमूख पौडेल आफै अन्यौलमा परेका छन् । तर एम्बुलेन्स चालकहरुका अनुसार नगरपालिकाले कार्यक्रम ल्याए पनि त्यसको सही व्यवस्थापन गर्न नसकेको र एम्बुलेन्स चालहरुमै आ–आफ्नै नियम बनेका कारण कार्यक्रम असफल भएको प्रष्टीएको छ ।
महिनाभर बिरामी बोक्ने अनि अन्तिममा रकम भुक्तानीका लागि नगरपालिकामा पुग्दा विभिन्न कारण देखाउँदै तीन देखि चार महिना सम्म धाउनुपर्ने बाध्यता रहेको एक एम्बुलेन्स चालकले बताए । अनि कुनै एम्बुलेन्स चालकहरुले सो कार्यक्रम अन्र्तगत गर्भवती र सुत्केरी बोक्न नमान्ने प्रवृति पनि देखिएपछि चालु आर्थिक वर्षमा चालकहरुले गर्भवती तथा सुत्केरीहरुसँग सोझै पैसा लिने गरेको बताएका छन् ।
बाणगंगामा यो सेवा अन्र्तगत पिपरा अस्पताल पिपरा, नेपाल रेडक्रस गजेहडा, नेपाल जेसिज बैरिया, शान्ति सृजना युवा नेपाल बनगाई, बाणगंगा यातायात समिति बैरिया, सि.एण्ड.सी अस्पताल जितपुर लगाएतका एम्बुलेन्स संचालक संस्थाहरुसँग नगरपालिकाले पहिलो सम्झौता गरेको थियो । तर अहिले भने यी कुनैपनि एम्बुलेन्सहरुले निशुल्क सेवा प्रदान गर्दैनन् । नगरपालिकाले समेत किन कार्यक्रम संचालन भएन भनि अध्ययन समेत गरेको छैन । यस विषयमा नगरपालिकामा कुनै पनि गुनासो नआएको कर्मचारीहरुको दावी छ ।
प्रमूख प्रशासकीय अधिकृत नै बेखबर
नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नगरको वार्षिक योजना अन्र्तगत स्वस्थ्य क्षेत्रको शिर्षक नम्बर ३४ मा खर्च शिर्षक २२५२२ मा उल्लेख भए अनुसार रु. पाँच लाख विनियोजन भएको भए पनि कार्यक्रमको प्रभावकारीता बारे नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत नै अहिले बेखबर छन् । भुक्तानी प्रक्रियाको विषयमा सेवा बन्द भएको सन्दर्भमा प्रमूख प्रशासकीय अधिकृत बासुदेव खनालले आफुलाई सेवा रोकिएको विषयमा कुनै जानकारी नै नभएको बताए ।
उनले यस विषयमा सम्बन्धित विषय शाखामा बुझेर जवाफ दिने भन्दै भुक्तानीका लागि आफुसँग आएका फाइलहरु कुनैपनि नरोकेको बताउँदै सेवा अबरुद्धका विषयमा तत्काल सम्बन्धित पक्षलाई राखेर सुचारु गर्ने दावी पनि गरे ।
यता नगरपालिकाका लेखा शाखा प्रमूख रामचन्द्र मरासिनीले पछिल्लो समय रकम भुक्तानीका लागि यस कार्यक्रम अन्र्तगत कुनैपनि फाइल लेखामा नआएको जानकारी दिएका छन् ।
नगरपालिकाले ल्याउने एक पछि अर्काे कार्यक्रम प्रभावकारीता देखिन नपाउँदै बन्द हुँदा नगरका योजनाहरुमाथि नागरिकहरुको विश्वसनियता घट्दो समेत पाइएको छ । यस बाहेक नगरपालिकाले संचालन गरेका अन्य विभिन्न लोकप्रिय कार्यक्रम समेत बन्द अवस्थामा छन् । यो समाचार लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया