

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा मानसिंह विक चयन



दाङ ।
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले अध्यक्षमा मानसिंह विश्वकर्मालाई दोहो¥याउँदै सवैसम्मत कार्यसमिति निर्वाचित गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बिहिवार सम्पन्न अधिवेशनले विश्वकर्माको अध्यक्षमा ४१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रुद्रहरि कुँवर, खुला उपाध्यक्षमा प्रदीप वाग्ले, समावेशी उपाध्यक्षमा प्रकाश चौधरी, प्रमुख सचिवमा भुपेन्द्र ओली, खुला सचिवमा टीकाराम पोख्रेल, दिबाकर पोख्रेल, गणेश पाण्डे, मधेशी सचिवमा आलम खान, महिला सचिवमा भावना सुवेदी, जनजाति सचिवमा गजेन्द्र गुरुङ, दलित सचिवमा चिन्ताबहादुर दर्जी, कोषाध्यक्षमा मनिष कार्की, लेखा समिती संयोजकमा शीतल थापा र अनुशासन समिति सदस्यमा माया केसीलाई निर्वाचित गरेको छ ।
अधिवेशनको नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख एवं प्रवक्ता कृष्ण बहादुर महराले उदघाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महराले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताए । उनले अहिले देश भित्रकै प्रतिगामी र नेपालको हित नचाहने अन्तर्राष्ट्रिय शक्तिबाट राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताए ।
अहिले रहेको पाँच दलीय गठबन्धन असंवैधानिक कदमका विरुद्धको गठबन्धन भएको उल्लेख गर्दै विचारमा फरक फरक भएपनि मुलुकको राष्ट्रियतालाई जोगाउन सबै परिवर्तनकारी शक्ति एकैठाउँमा उभिएको दाबी गरे । ‘विचारमा फरक फरक छौं तर राष्ट्रियताको सवालमा सबै सक्ति एकैठाउँमा छौंं’, उनले भने । पछिल्लो चरणमा भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीचको भेटघाटको प्रशंगमा महराले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउन क्रान्तिकारी शक्तिहरु एक हुने समेत बताए ।
अधिवेशनको सन्दर्भमा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा सहित एक दर्जन पत्रकारलाई सम्मान गरिएको थियो । सेन्टर दोश्रो अधिवेशनका अबसरमा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष शर्मा सहित स्तम्भ लेखक नरेन्द्रजंग पीटर, बिनोद पहाडीलाई सम्मान गरिएको थियो ।
अधिबेशनका अबसरमा लुम्बीनी प्रदेशका संस्थापक गोबिन्द आचार्य, मौसम रोका, अजयदिप शर्मा र चेतलाल कुवंरलाई पनि सम्मान गरिएको थियो । अधिवेशनमा उपस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया