

कांग्रेस कपिलवस्तुको जिल्ला सदस्यमा पौडेलको उमेद्धारी घोषणा



कपिलवस्तु ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ कपिलवस्तुका निवर्तमान सचिव प्रेम नारायण पौडेलले आसन्न चौधौँ महाधिवेसन अन्तरगत यहि मंसिर १० गते हुन लागेको कपिलवस्तु जिल्ला अधिवेशनमा जिल्ला समितिको सदस्य पदमा उमेद्धारी घोषणा गर्नुभएको छ ।
जनमत संग्रहको बेला देखी ने.वि.संघबाट राजनितिक यात्रा सुरु गर्नुभएका पौडेलले केहि समय पत्रकारिता समेत गर्नुभएको थियो । पत्रकारिता पेशा बदल्दै बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका नेता पौडेलले पञ्चायत कालमा प्रतिबन्धित अवस्थामा समेत नेपाली कांग्रेसको सम्पर्कमा रहि पार्टीलाई सहयोग प्रदान गर्दै आउनुभएको थियो भने बहुदल पश्चात ट्रेड युनियन आन्दोलनमा समाहित हुँदै निरन्तर पार्टीको सम्पर्कमा रही नेपाली कांग्रेसको सुख दुःखको साथी बन्दै आउनुभएको थियो ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको दुई पटक क्षेत्रीय अध्यक्ष, कपिलवस्तु जिल्लाको अध्यक्ष लगाएत पटक पटक महाधिवेशन प्रतिनिधि लगाएतको जिम्मेवारी आफुले निर्वाह गरिसकेको नेता पौडेलले बताउनुभयो । पौडेलले २०६२/०६३ को जनआन्दोलमा सक्रिय सहभागिता जनाउदैँ नेपाली राजनितिमा क्रियाशिल हुनुभयो भने जन आन्दोलन पश्चात तत्कालिन आन्दोलनकारी सात दलले पौडेललाई जन–आन्दोलनमा सहयोग पु¥याउने उत्कृष्ट कर्मचारीमा सुचीकृत समेत गरेको थियो ।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशन पश्चात नेपाली कांग्रेस कपिलवस्तुको आमन्त्रित जिल्ला सदस्य बन्नुभएका पौडेलले २०७१ सालमा बैँक सेवाबाट निबृत्त भए पश्चात सामुदायिक रेडियो बाणगंगाको संस्थापक प्रबन्धक एवम् संचालकको जिम्मेवारीमा रहि एक कुशल व्यवस्थापकको भुमिका समेत निर्वाह गरिसक्नु भएको छ ।
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट कपिलवस्तु क्षेत्र नम्बर १ को सचिवको जिम्मेवारी सम्हाल्नुभएका नेता पौडेलले राज्यको पुर्नसंरचना पश्चात पार्टीको संगठनमा समेत पुर्नसंरचना भए अनुसार कांग्रेसका समितिहरु समायोजन भएसँगै उहाँले नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ र प्रदेश सभा क्षेत्र नम्बर १ (क) समेतको सचिवको जिम्मेवारी प्राप्त गरी कुशलताका साथ आफ्नो जिम्मेवारी पुरा गर्नुभयो ।

आफुले पाएको जम्मेवारीलाई अत्यन्तै महत्पूर्ण ठान्ने नेता पौडेलले कपिलवस्तु प्रदेश सभा क्षेत्र नम्बर १ (क) अन्तरगतका क्रियाशिल सदस्यहरुका अभिलेख अद्यावधिक गराई पार्टी कार्यलयमा व्यवस्थित गरेको बताउनुभयो ।
दर्जनौँ संघ संस्थामा आबद्ध हुनुभएका पौडेल अति मिलनसार,मृदुभाषी तथा सहयोगी भावनाका हुनुहुन्छ । उहाँले यतिबेला नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आफुले जिल्ला कार्यसमिति सदस्य पदमा जानका लागि आफु सँगै काम गरेका साथीहरुको राय र सल्लाहका साथ उमेद्धारी घोषणा गरेको बताउनुभयो । तर उहाँका अनुसार भने पार्टीको विधानमा निर्वाचित सदस्यलाई कोषाध्यक्षमा मनोनित गर्ने व्यवस्था रहेकाले पार्टीले चाहेमा कोषाध्यक्षको जिम्मेवारीमा लैजान सक्ने छ । आफु बैंकिङ् क्षेत्रमा काम गरेको मान्छे भएकाले कोषाध्यक्ष पद पनि आफ्ना लागि उपयुक्त हुने पौडेलले बताउनुभयो ।
नेता पौडेलको उमेद्धारी घोषणाले कपिलवस्तुु क्षेत्र नम्बर १ का कांग्रेस नेता तथा कार्यक्रताहरुले उपयुक्त पात्रको उपयुक्त स्थानमा उमेद्धारी घोषणा भएको भन्दै खुसी पनि व्यक्त गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया