

सुरुङ मार्गमा काठमाडौंका सीडीओको छड्के



सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ ।
कुनै बेला आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रवार काठमाडाैंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाल लगायतको सरकारी उच्च टोलीले आयोजनास्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा छिटो सक्न आयोजनाका कर्मचारीहरूलाई निर्देशन समेत दियो ।
आयोजना हाल निर्माणको क्रममा भए पनि कामकारबाही अत्यन्तै सुस्त भएको भन्दै चौतर्फी गुनासा आएका थिए । २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर्पोरेसनबीच सम्झौता भई निर्माण शुरू भएको सुरुङ मार्गको निर्माण कार्य हाल २३.०२ प्रतिशत मात्रै सकिएको छ । ४२ महिनामा सम्पन्न गर्नेगरी निर्माण कार्य भइरहेको सो सुरुङ मार्गको काम भने २ वर्ष बित्दा समेत निकै कम भएको छ ।
अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर’, ‘अन्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढे पनि सो कार्य निकै सुस्त छ । प्रमुख जिल्ला अधिकारी रिजालले सो आयोजनाको काम समयमा नै सम्पन्न गर्नेगरी निर्देशन दिइएको बताए । विगतमा जग्गा प्राप्ति र स्थानीयसँग सम्बन्धित समस्या समाधान भएकाले अब निर्माण कार्यमा ढिलाइ गर्न नहुनेमा रिजालले जोड दिए ।
स्थानीयले मुआब्जा पाउन नसकेको गुनासोबारे पनि आयोजनासँग छलफल भएको र जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गर्ने काम सम्पन्न गरिसकेकाले अब समस्या नहुने उनले बताए । आयोजना सम्पन्न गर्ने सम्बन्धमा आयोजनाका पदाधिकारीसँग नियमित छलफल भइरहेको र आफूले गर्नुपर्ने सहयोग पनि गरिरहेको रिजालले बताए । आयोजनाअन्तर्गत नेपालमै पहिलोपटक फ्लाइओभर निर्माण हुनेछ ।
आयोजनामा ३ वटा पुल र ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ । सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे सडक खण्डमा दैनिक रूपमा हुने जाम हट्नेछ भने यात्रुलाई निकै सहज अनुभूति हुने बताइएको छ । राजधानीमा खबर छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया