

दिल्लीका स्कुल कलेज अनिश्चित कालका लागि बन्द



एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा क्याम्पस वायु प्रदूषणका कारण अनिश्चित कालका लागि बन्द गरिएको छ ।
दीपावली सकिएलगत्तै फैलिएको प्रदूषित कुहिरोले दिल्लीको आकाशलाई धुम्म पारेको छ भने वायु प्रदूषण जनस्वास्थ्यमा अत्यधिक असर गर्ने स्तरमा उक्लेको छ ।
गाडीवाट निस्केको धुवाँ, औद्योगिक प्रतिष्ठानको उत्सर्जन, धुलो तथा मौसमी कारणले विश्वका अत्यन्त प्रदूषित सहरको सूचीमा दिल्ली अग्रस्थानमा रहँदै आएको छ ।
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बुधबार साँझ विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ । यो सूचीमा काठमाडौं २६औं स्थानमा छ ।
बीबीसीका अनुसार दिल्लीका विभिन्न भागमा वायु प्रदूषणको गुणस्तर सूचकांक ९एक्युआई० ४०० नाघेको छ । प्रदूषण अचाक्ली बढेपछि आइतबारसम्म सबै खाले निर्माण कार्य बन्द गरिएको छ । तर प्रतिरक्षा तथा यातायातसम्बन्धी परियोजना जारी राखिएको छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया