

संगीतकर्मी संघको महाधिवेशन मन्त्री आलेबाट उद्घाटन




थानेस्वर अधिकारी ,कपिलवस्तु राष्ट्रिय संगीतकर्मी संघको पाँचौ केन्द्रिय महाधिवेशन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेम आले ले उद्घाटन गर्ने भएका छन् । आगामी मंसिर ३ र ४ गते काठमाण्डौंमा हुने पाँचौं राष्ट्रिय महाधिवेशनको प्रमुख अतिथिका रुपमा मन्त्री आलेलाई बोलाइएको छ । कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षमा मुल आयोजक समिति गठन गरिएको छ भन्ने अन्य उपसमिति समेत गठन गरिएको छ ।
संघको हिजो बसेको बैठकले उमेद्धवारका बिषयमा राष्ट्रिय महाधिवशनमा केन्द्रिय सदस्य उमेद्धवार हुन् एक कार्यकाल प्रदेश जिल्ला या पालिका स्तरको पदाधिकारीमा रहेर काम गरेको हुनुपर्ने छ भने पदाधिकारीको उमेद्धवार हुन् एक कार्यकाल केन्द्रिय सदस्य भएर काम गरेको हुनुपर्ने छ त्यसै गरी अध्यक्षको उमेद्धवार हुन् एक कार्यकाल पदाधिकारी भएर काम गरेको हुनुपर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशनमा निर्वाचन मण्डलको रुपमा कृष्ण हरी के.सी. र भूपेन्द्र प्रसाद पोख्रेललाई जिम्मेवारी प्रदान गरेको छ । महाधिवेशनलाई भव्य र मर्यादित बनाउन केही आचारसंहिता समेत पारित गरेको छ । बैठकले बर्तमान कार्यकालमा उत्कृष्ट प्रदेशको रुपमा गण्डकी प्रदेश र उत्कृष्ट जिल्लाको रूपमा कास्की, रसुवा, ललितपुर, नुवाकोट र रुपन्देहीको छनोट गरेको छ । बागमती प्रदेशलाई व्यवस्थापनको जिम्मेवारी बहन गरे बापत सम्मानित गरिने राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले बताएका छन् ।
महाधिबेसन प्रतिनिधि शुल्क अघिल्लो बैठकले निर्धारण गरे मुताबिक १५०० रहने छ भने आजीवन सदस्य स्वतः प्रतिनिधि हुने छन् भने प्रत्येक प्रदेशबाट १५ जना र प्रत्यक जिल्लाबाट ५ जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुने अध्यक्ष कार्कीले बताए ।। महाधिबेसनको उद्घाटन समारोह मंसिर ३ गते बिहान ११ बजेबाट भृकुटीमण्डपमा हुने र बन्द सत्र प्रज्ञा भवन कमलादीमा सुरु भएर मंसिर ४ गते सम्म चल्ने राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाहले बताए ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया