

जलवायु परिवर्तन सम्बन्धी कोप–२६ सम्मेलन लम्बियो



काठमाण्डाै
स्कटल्यान्डको ग्लास्गोमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन कोप–२६ लम्बिएको छ ।
सम्मेलनमा घोषणापत्रको अन्तिम मस्यौदा तयार पार्ने काम भइरहेको छ । मस्यौदा तयार पार्न भइरहेका वार्ता र छलफलका कारण सम्मेलन लम्बिएको बीबीसीले जनाएको छ । यसअघि तय भएको मिति अनुसार नोभेम्बर १२ मा सम्मेलन सकिनुपर्ने थियो ।
गएको कार्तिक १४ गते अर्थात अक्टोबर ३१ तारिखमा सम्मेलन उद्घाटन भएको थियो । कोप–२६ लाई सन् २०१५ मा भएको पेरिस सम्झौतापछिको महत्त्वपूर्ण सम्मेलनको रुपमा हेरिएको छ । नेपालसहित अतिकम विकसित देशले कोप–२६ मा जलवायुजन्य नोक्सानी तथा हिमाली क्षेत्रमा देखिएका परिवर्तन र यसको समाधानबारे आवाज उठाएका छन् ।
कोप–२६ मा सहभागी देशहरूले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिबद्धता जनाएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया