

मोतीपुर घटना : मृतकका परिवारलाई राहत दिने सरकारको निर्णय



काठमाण्डौ । सरकारले रुपन्देहीको मोतीपुरमा भएको घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत दिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो ।
गएको असोज २४ गते मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र स्थानीयवासीबीच हुँदा चार जनाको ज्यान गएको थियो । घटनालगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रति परिवार पाँच लाख रुपैयाँ उपलब्ध गराउन केन्द्र सरकारलाई र एक लाख रुपैयाँ उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारलाई सिफारिस गरेको थियो ।
हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय आज मङ्गलवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेस गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।


खबर सबै
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान






प्रतिक्रिया