

बेलारुसले पठाएका आप्रवासीलाई पोल्यान्डले प्रवेशमा रोक लगायाे, सयौँ जना जङ्गलमै अलपत्र



काठमाण्डाै
पोल्यान्डले बेलारुसको पूर्वी सीमाबाट आफ्नो देश प्रवेश गर्न खोज्ने सयौँ आप्रवासीलाई प्रवेश दिन अस्वीकार गरेको छ ।
भिडियो फुटेजमा महिला र बालबालिकासहितका सयौँ आप्रवासीले काँडेतार भत्काउँदै पोल्यान्ड प्रवेशको प्रयास गरिरहेको देखिएको छ । तर पोल्यान्डले भने उनीहरुलाई रोक्न थप १२ हजार सुरक्षाकर्मी सीमा क्षेत्रमा तैनाथ गरेको बीबीसीले जनाएको छ ।
आप्रवासीमध्ये धेरैजसो मध्यपूर्व र एसियाका रहेका खबरमा उल्लेख छ ।पोल्यान्ड, लिथुवानिया र लात्भियाले केही महिनादेखि बेलारुसबाट आप्रवासीहरु आफ्नो देश प्रवेश गर्ने प्रयास गरिरहेको भन्दै बेलारुसविरुद्ध खेद प्रकट गरेका छन् ।
युरोपेली सङ्घले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नै आप्रवासीलाई अन्य देशमा पठाउन भूमिका खेलेको आरोप लगाएको छ ।पोल्यान्डले प्रवेश नदिने र बेलारुसले फर्कन नदिएको कारण शून्य डिग्रीको चिसोमा धेरै आप्रवासी जङ्गलमै बस्न बाध्य भएको र केहीको कठ्याङ्ग्रिएर तथा भोकले ज्यान गएको बीबीसीले जनाएको छ ।
बेलारुस र पोल्यान्डले आप्रवासीमाथि गरिरहेको दमनको मानव अधिकारवादीले आलोचना गर्दै मानवीयताको रक्षा गर्न अपिल गरेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया