

न्युजिल्याण्डमा आजदेखि इच्छा मृत्युको कानुन लागू हुँदै



एजेन्सी
न्युजिल्याण्डमा आइतबार बिहानदेखि इच्छा मृत्युलाई कानुनी आधार प्राप्त भएको छ । योसँगै न्युजिल्याण्ड ती सीमित देशहरूको सूचीमा परेको छ जहाँ इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ । यस सूचीमा स्वीटजरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बिया सामेल छन् ।
यी देशहरूमा मृत्युका लागि सहयोग गर्नका लागि फरक–फरक नियम र सर्तहरू बनाइएको छ । न्युजिल्याण्डमा यस कानुन अन्तरगत मृत्यु रोज्नका लागि कुनै पनि व्यक्ति गम्भीर रोग (टर्मिनल इलनेस) अर्थात् आगामी ६ महिनामा मानिसको मृत्यु हुनसक्ने अवस्थामा रहेको हुन जरुरी छ । यस प्रक्रियाका लागि कम्तीमा दुई डाक्टरको सहमति आवश्यक गरिएको छ ।
हालै इच्छा मृत्युको मुद्दामा गरिएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी भोट यसको पक्षमा परेको थियो । न्युजिल्याण्डमा लामो समयदेखि यस मुद्दामा बहस जारी रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया