

चराउन लगेका बाख्रा चोरीको आसंका,


गुल्मी ।
गुल्मीमा चराउन लगेका ८ वटा बाख्रा हराएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका रहेको छापहिले व्यवसायीक बाख्रा पालन फर्मका ८ वटा बाख्रा सोमबार दिउँसो हराएको फर्मका संचालक नर बहादुर महताराले बताए ।
छिमेकी धन बहादुर महतराले चराउन लगेको समयमा बाख्रा हराएका हुन् । सोमबार दिउँसो सोही ठाउँकै पन्लापाटा भन्ने स्थानमा चराउन लगेको समयमा चराउन लगेका ४९ वटा बाख्रा मध्ये ८ वटा बाख्रा हराएको फर्म संचालक महताराले बताए ।खोजी कार्य गर्दा बुधबार दिउँसोसम्म फेला नपरेकोले चोरी भएको हुन सक्ने बाख्राधनीको अनुमान छ ।
प्रति बाख्रा करिब ७ देखि ८ हजार सम्म मुल्य पर्ने ८ वटा बाख्रा हराउँदा ५६ देखि ६४ हजार बराबरको क्षति भएको बाख्रा फर्मले जनाएको छ । चराउन लगिएको क्षेत्रमा खोजी कार्य गर्दा बाख्राहरुको बन्यजन्तुको आक्रमणबाट मरेको हुन सक्ने बिषयमा रगत, रौं, खुट्टा र कुनै अवशेष फेला नपरेकोले मान्छेले चोरेकै हुन सक्ने स्थानीय तथा बाख्रा धनीको संका रहेको छ ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया