

यमपञ्चकका ५ दिन : कुन दिन के गर्ने ?



ज्योतिष प्रकाश पौडेल ।
बडादशै अर्थात विजया दशमी अगत्तै आउने नेपाली (सनातनी)हरुको दोस्रो महान् पर्व भाईटिका अर्थात तिहार हो । तिहारको आफ्नै महत्व रहेको छ । छिमेकी देश भारतमा तिहार दिपावलीको नाम बाट प्रशिद्ध छ । यस बर्ष अर्थात २०७८ मा भाई टिका,,कात्र्तिक २० गते शनिवार पर्न गएको छ ।
यस बर्ष यमपञ्चक कात्र्तिक १६ गते बाट प्रारम्भ भै सकेको छ । साथै १६ गते धन्वन्तरी जयन्ति अर्थात धन्वन्तरी देवको प्राकट्य दिवस पनि हो , चान्द्रमास अनुसार कात्र्तिक कृष्ण पक्ष त्रयोदशीका दिन समुन्द्र मन्थन गर्दा धन्वन्तरी भगवान् अवत्रित भई अमृत प्रदान गर्नु भएको कुरा श्रीमद् भागवतमा उल्लेख गरिएको छ । धन्वन्तरी जयन्ती÷धन्तेरस अर्थात दिपावली विशेष किनमेलका लागी शुभ मानिन्छ ।
काग/कुकुर तिहार
कात्र्तिक कृष्ण त्रयोदशी देखि कात्र्तिक शुक्ल द्वितीया सम्म यम पञ्चक अर्थात तिहारको रुपमा मनाईने गरिन्छ । यश बर्ष काग÷कुकुर तिहार एकै दिन अर्थात कात्र्तिक १७ गते परेको छ । काग कुकुर दुवै यमराज को नगरी यमपुरी मा काम गर्ने दुत समेत रहेको धार्मिक ग्रन्थमा उल्लेख पाईन्छ । काग कुकुरको काम जन्म मृत्यु विवरण राख्नुहो । १७ गते विहान रात छदै स्नान गरी । सम्मान स्वरुप कुकुरको पुजा–आजा गर्नु पर्छ ।
लक्ष्मी पुजा–
लक्ष्मी पुजा यश बर्ष कात्र्तिक १८ गते रहेको छ । यश दिन हरियो गोवरले लिपि धनकी देवि लक्ष्मी विशेष पुजा गरीन्छ लक्ष्मी पुजाका लागी मुहूर्त वृष लग्न अर्थात साँझ ०५ बजेर ५९ मिनेट पछि ०७ बजेर ५४ मिनेट सम्म शुभ रहेको छ ।।
गाई/गोरु तिहार–
गोवद्र्धन पुजा गाई गोरु पुजा–वलिपुजा कात्र्तिक १९ गते परेको छ । हिन्दु सनातन धर्ममा जननी,गाई,पृथ्थिवी,आदि गरी ७ माता (आमा) मानिएको छ । भगवान्का अंशावतार पृथुले पृथ्थिवीलाई गाई रुपमा दोहन गरी जिवन जिउन उपयोगी वस्तु दोहन गरी जिवको रक्षा गर्नु भएको कथा श्रीमद् भागवतमा उल्लेख गरीएको छ जिवन दिने लाई आमा भनिन्छ । विहानै स्नान गरी गोवद्र्धन पुजा गाई गोरु एवं वलि पुजा गर्नु पर्छ ।
भाई टिका–
यमद्वितीया अर्थात भाइटिका यश बर्ष कात्र्तिक २० गते शनिवार परेको छ । भाई टिकाका लागी शुभ मुहूर्त वार वेला अनुसार विहान ०७ः३९ देखि०९ः०१ बजे सम्म शुभ वेला अभिजित् मुहूर्त ११ः२३ बाट १२ः७ सम्म रहेको छ उपरोक्त समय मा टिका ग्रहण गर्न प्रारम्भ गर्दा शुभ हुन्छ । तर ०९ः०३ देखि १०ः२५ सम्म राहुकाल रहेको ले यश समय मा टिका ग्रहण गर्न हुदैन विशेष अर्थात सर्वोत्तम मुहूर्त खोज्नेहरुका लागी विहान ११ःबजेर ०२ मिनट मा (पछि)सर्वोत्तम समय रहने छ ।।
कपिलवस्तुका लागी टिकाको साइत
अक्षांस रेखांखको आधारमा सूर्योदय मापन गरेको क्षेत्रबाट २४ कि.मी बराबर १ मिनेटको फरक रहेकोले गर्दा कपिलवस्तुमा शुभ मुहुर्त (वारवेला) रहेको ८ मिनेट पछि टिका ग्रहण गर्नु शुभ फलदायक रहको छ । त्यस्तै रुपन्देही ०९, अर्घाखाँची ९, गुल्मी ०८,सुर्खेत १६, रुकुम् ११मिनटको फरकमा टिका ग्रहण गर्दा शुभ हुन्छ । टिका ग्रहण गर्दा उत्तर वा पश्चिम मुख गरी टिका थाप्नु शुभ फलदायक रहने छ ।
ज्योतिषाचार्य –प्रकाश पौडेल नेपाल ज्योतिष परिषद् कपिलवस्तुका जिल्ला सचिव हुनुहुन्छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया