

कालीगण्डकीमा डुबेर बेपत्ता भए एक युवक


गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका– ८ का एक युवक कालीगण्डकीमा डुबेर बेपत्ता भएका छन्। चन्द्रकोट गाउँपालिका– ७ का ७६ वर्षीया थानेश्वर न्यौपानेको मलामी गएका १९ वर्षीय शंकर पौडेल कालीगण्ढकीमा डुबेर बेपत्ता भएका हुन्।
पौडेल आइतबार दिउँसो सत्यवती गाउँपालिका– १ रुद्रबेनीघाटमा नुहाउने क्रममा कालीगण्डकीमा डुबेका हुन्। अहिले इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी निरीक्षक लक्ष्मण विक र इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुवराज बम नेतृत्वको प्रहरी टोली र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भटराईले जानकारी दिए।
जमेको पानीमा गहिरो रहमा डुबेको आशंका भए पनि प्रहरीलाई खोज्न समस्या परिरहेको भट्टराईले बताए। उनले प्रहरीको प्रयास असफल भए गोताखोर मगाएर भए पनि खोजीकार्य अगाडि बढाउने बताए।


खबर सबै
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
-
अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा






प्रतिक्रिया