

कालीगण्डकीमा डुबेर बेपत्ता भए एक युवक



गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका– ८ का एक युवक कालीगण्डकीमा डुबेर बेपत्ता भएका छन्। चन्द्रकोट गाउँपालिका– ७ का ७६ वर्षीया थानेश्वर न्यौपानेको मलामी गएका १९ वर्षीय शंकर पौडेल कालीगण्ढकीमा डुबेर बेपत्ता भएका हुन्।
पौडेल आइतबार दिउँसो सत्यवती गाउँपालिका– १ रुद्रबेनीघाटमा नुहाउने क्रममा कालीगण्डकीमा डुबेका हुन्। अहिले इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी निरीक्षक लक्ष्मण विक र इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुवराज बम नेतृत्वको प्रहरी टोली र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भटराईले जानकारी दिए।
जमेको पानीमा गहिरो रहमा डुबेको आशंका भए पनि प्रहरीलाई खोज्न समस्या परिरहेको भट्टराईले बताए। उनले प्रहरीको प्रयास असफल भए गोताखोर मगाएर भए पनि खोजीकार्य अगाडि बढाउने बताए।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया