

टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त


काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ । दुईपक्षिय क्रिकेट अहिले नभएको अवस्थामा भारत र पाकिस्तान आइसीसीका प्रतियोगितामा मात्र आमने सामने हुने हुनाले क्रिक्त प्रेमीको यस खेलप्रति विशेष चासो रहेको छ ।
दुवै बीच पछिल्लो खेल २०१९ को जुनमा एकदिवसीय विश्वकपमा भएको थियो । त्यस्तै टी-२० विश्वकपमा भने पाँच बर्षपछि दुवै टिम खेल्न लागेका छन् ।
दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे शुरु हुने छ । सुपर १२ अन्तर्गत समुह २ को यस खेल टी-२० विश्वकपको सबैभन्दा बढी प्रतिक्षित खेल मध्ये एक हो । सुपर १२ अन्तर्गत समुह १ मा अस्ट्रेलिया र इङल्याण्डले विजयी शुरुवात गरेका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया