

भारतको केरलामा बाढी पहिरोबाट ४२ जनाको ज्यान गयो



काठमाण्डौ । केही दिनदेखिको लगातारको वर्षाका कारण भारतको विभिन्न ठाउँको जनजीवन अस्तव्यस्त बनेको छ ।
उत्तराखण्डमा केही दिनको लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट ५४ जनाको ज्यान गइसकेको छ भने १९ जना घाइते भएका छन् । अझै केही बेपत्ता भएका छन् । केरलामा बाढी र पहिरोमा परि ४२ जनाको ज्यान गएको छ । देशका अरु राज्यका विभिन्न ठाउँमा समेत ठूलो पानी परेकाले जनजीवन नराम्ररी प्रभावित बनेको छ ।
भारतको मौसम विज्ञान विभागले अझै तीन दिन ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । धेरै ठूलो पानी पर्न सक्ने भएकाले केरलाका विभिन्न आठ जिल्लामा अलर्ट जारी गरिएको छ । साथै तीव्र गतिमा हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।
केरला आसपासको क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टा हावा चल्न सक्ने भन्दै सावधान रहन भनिएको छ । अबको तीन दिन विशेषगरी केरला, तमिलनाडु, पुड्चेरी र कराइकलमा ठूलो पानी पर्ने सम्भावना रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया