

सन्धिखर्ककाे चुत्राबेसी बजार जलमग्न


अर्घाखाँची । लगातारको वर्षाले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी डुबानमा परेको छ। केही दिन देखि परेको बर्षाका कारण आज रातभरीको वर्षाले बाँगी खोलाकाे बहाव बढेको र निकास साँघुरो हुँदा चुत्राबेसी क्षेत्र जलमग्न भएको हो।
अहिले भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्ट लगायत सम्पूर्ण क्षेत्र डुबानमा परेकाे पत्रकार हलिम खानले जानकारी दिए।
मध्यरातमा चुत्राबेसी बजारभित्रका सबै गल्ली पनि जलमग्न भएका छन्।

बाँगी खोला किनाराका बासिन्दालाई स्थानतरण गरिएकाे छ।अधिक वर्षा भएपछि बाँगी खोला किनाराका सम्पूर्ण क्षेत्र जोखिममा परेका छन्। अहिलेसम्म कुनै क्षेतिको विवरण आएको छैन्। भक्तिखोला, घोचे खोला, मसाल बजार, पम्प लाइन, हाइस काउन्टर लगायतका क्षेत्रमा डोजर लगाएर निकास खोल्ने काम भईरहेको छ।
बाँगी खोला अतिक्रमणका कारण निकास साँघुरो हुँदा डुबान भएको हो। अर्घाखाँचीको ईतिहासमा यस अगाडि यि क्षेत्रमा अधिक वर्षाका कारण डुबान भने भएको थिएनन्। तर हिउँद लाग्दै गर्दा भएकाे बर्षाले पूरा बजार हिलाम्मे भएकाे छ भने दुई वटा पुल सम्म बगाएको छ। ओझेलका खबरबाट ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया