

मोतिपुर जग्गा अतिक्रमणका मुख्य नाइके कपिलवस्तुका मुसलमान पक्राउ



रूपन्देही
रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा कब्जा काण्डका मुख्य आरोपी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोतिपुरको घटनामा प्रत्यक्ष संलग्न राहेका भनिएका कपिलवस्तु सुद्धोधन गाउँपालिका – ६ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका – ११ देवीनगर डेरामा बस्ने ४४ वर्ष का साविर अलि मुसलमान पक्राउ परेका हुन् ।
जिल्ला सुरक्षा समिति रुपन्देहीको बैठकद्रारा निषेधित क्षेत्र घोषणा गरिएको स्थानमा अलि मुसलमानले सरकारी जग्गा अतिक्रमणको लागि मानिसहरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बांडफांड गर्ने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, ब्यानर निर्माण गर्ने, माईनटिङ तयार गर्ने जस्ता कार्यको नेतृत्व गर्दै आएको जनाउँदै उनलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले मुसलमानलाई बुटवल उपमहानगरपालिका – ११ देवीनगरस्थित निजको डेराबाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई सोमवार कोठाबाट पक्राउ पुर्जी दिई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्बजनिक शान्ति सुरक्षाबिरुद्धको कसुरमा मुद्धा दर्ता भई जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले निज साविर अलि मुसलमानको डेरा कोठामा ब्यानर ३ थान, माईनटिङको प्रतिलिपी, टोली गठन गरेको सम्पर्क नम्बर सहितको नामावली उल्लेख भएको कागजातहरु थान १३, बस्ती विकासको सहयोग रसिद थान २ फेला परेको र सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ ।
जग्गाका अतिक्रमणको क्रममा प्रहरीसंग भएको झडपमा ४ जनाको ज्यान गएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया