

जम्मु–कश्मिरमा १ हप्तादेखि मुठभेड : ९ जना भारतीय सैनिकसहित २२ को मृत्यु

एजेन्सी
भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा एक सातादेखि मुठभेड चलिरहेको छ । गत सोमबारदेखि भारतीय सेना र अतिवादी समूहबीच लडाइँ जारी छ र यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुनेमा भारतीय सेनाका ९ जना जवान समेत रहेका छन् । मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारीतय सेनाले दाबी गरेको समाचार बीबीसी हिन्दीमा छ ।
बिबिसीका अनुसार भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप दुई जवान मारिए ।

सेनाका अधिकारीहरुका अनुसार सोमबार सूचना प्राप्त भएपछि सेनाले सुरानकोटको जंगलमा चरमपन्थीहरुलाई खोज्ने अभियान सुरु गरेको थियो । यस क्रममा सेना र चरमपन्थीहरुबीच भयंकर मुठभेड सुरु भएको हो । सेनाका टुकडीहरुलाई मुठभेड स्थलमा पठाइएको थियो र उग्रवादीहरुलाई खोज्न र हवाई सर्वेक्षण सुरु गरियो । चरमपन्थीहरु विरुद्ध यो अभियान पुँछ–राजौरीको घना जंगल मा चलिरहेको छ ।
राजौरी पुञ्चका डीआईजी विवेक गुप्ताले शनिबार एक पत्रकार सम्मेलनमा भने कि पुँछको भट्ठा धुरीने नामक घना जंगलमा अझै अपरेशन चलिरहेको छ । उनले उक्त भौगोलिक कठिन क्षेत्र र परिस्थिति को कारण सुरक्षा बलका जवानहरु धेरै सावधानीसँग कारबाही गरिरहेका छन् ।
आतंकवादी समूह र सेनाबीच मुठभेड चलिरहँदा जम्मु–कस्मिरमा आतंकवादीलाई सहयोग गरेको आरोपमा सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ । पछिल्लोपटक सामान्य प्रशासन विभाग (जीएडी) ले अलगाववादी नेताका रूपमा परिचित सइद अली शाह गिलानीका नाति अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट निकालिएको जनाइएकाे छ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया