

भारतको केरलामा बाढी, कम्तिमा ६ को मृत्यु



काठमाडौं ।
भारतको दक्षिणी प्रदेश केरलामा बाढीको कहर सुरु भएको छ । हालसम्म कम्तिमा ६ जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
बाढीबाट स्थानीय बासिन्दाको उद्धार र राहतका लागि सेना परिचालन गरिएको छ । दुईवटा जिल्लामा नेसनल डिजास्टर रेस्पोन्स फोर्सका ११ वटा टोलीसहित सेना परिचालन गरिएको छ ।
प्रदेशका राजस्व मन्त्री राजन केका अनुसार तिरुवनन्तपुरम र कोट्टयम जिल्लामा सेना परिचालन गरिएको हो । कांग्रेस नेता तथा तिरुवनन्तपुरमका सांसद शशि थरुरका अनुसार इडुकी, पथनमथिट्टा, त्रिसुर र कोट्टयम जिल्ला बाढीबाट बढी प्रभावित छन् ।
दक्षिण पूर्वी अरब सागरमा न्यून चापीय रेखा विकसित हुँदा केरलामा बाढीको कहर सुरु भएको मौसम विभागले बताएको छ । विभागका अनुसार केरला, कर्नाटक, तमिनाडु र पुडुचेरीमा आइतबार पनि भारी वर्षाको सम्भावना छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया