जिल्ला प्रशासनको नियम बिपरित मदिरा पसल खोल्ने ४ जना प्रहरी कार्यलय पिपराको नियन्त्रणमा 

राधा पाण्डे / कपिलवस्तु

जिल्ला प्रशासन कार्यलयको नियम बिपरित मदिरा पसल खोल्नेलाइ इलाका प्रहरी कार्यलय पिपराले नियन्त्रणमा लिएको छ । प्रशासनले जारी गरेको सूचना उल्लंघन गर्दै मदिरा पसल खोली बिक्रीवितरण गर्ने कपिलवस्तुको जितपुरबाट २ र बैरियाबाट २ गरि ४ मदिरा पसलेलाइ नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय पिपराले जानकारी दिएको छ ।

जिल्ला प्रशासनले चाड पर्वमा हुन सक्ने नराम्रा गतिविधिहरुलाइ ध्यानमा राख्दै २४ ( चौबीस ) घण्टा मदिरा पसल बन्द गर्न सूचना जारी गरेको थियो । प्रशासनको सूचना नमानी पसल खोल्ने ४ पसलेलाइ प्रशासनले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

प्रहरी प्रशासन हरदम मानवीय सुरक्षाका लागी तैनाथ रहेको छ । प्रशासनले चाडपर्वमा हुने जुवातास, चोरी ,शिकारी, भिडभाड नगर्न समेत आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

यस्तै चारनम्बर जितपुरको बङ्गलामुखी मन्दिर परिसरमा मदिरा सेवन गर्दै तास खेलिरहेको एक समुह मध्येका केहिलाइ इलाका प्रहरी कार्यलय पिपराले नियन्त्रणमा लिएको छ ।
पबित्र धार्मिक स्थलमा अपबित्र कार्य गर्ने समुहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा समुहका केही व्यक्ती भागेका र केहिलाइ प्रहरिले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै