

गुल्मीमा जिप दुर्घटना, तीनकाे मृत्यु



गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु छ । अरु ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४४९० नम्बरको जिप बिहीबार राति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मुसिकोट नगरपालिका(२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका(३ चुँदारीकी १९ वर्षकी सङ्गिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिए । उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा राति नै ज्यान गएको हो ।
दुर्घटनामा चालक कमल थापा, खिमा थापा, जुना थापा, सुमित्रा सुनार ,राधा केसी र राजु थापा घाइते भएका छन् । घाइते भएकाहरुमध्ये पाँचजनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । एकजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया