

गुल्मीमा जिप दुर्घटना, तीनकाे मृत्यु


गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु छ । अरु ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४४९० नम्बरको जिप बिहीबार राति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मुसिकोट नगरपालिका(२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका(३ चुँदारीकी १९ वर्षकी सङ्गिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिए । उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा राति नै ज्यान गएको हो ।
दुर्घटनामा चालक कमल थापा, खिमा थापा, जुना थापा, सुमित्रा सुनार ,राधा केसी र राजु थापा घाइते भएका छन् । घाइते भएकाहरुमध्ये पाँचजनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । एकजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया