

अफगानिस्तानमा सम्भावित आर्थिक विपद् टार्न जी–२० सदस्यहरुको अपिल



काठमाण्डाै
ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूह जी २० का सदस्यहरूले अफगानिस्तानमा आर्थिक सङ्कट आउन नदिने बताएका छन् ।
जर्मन चान्सलर एन्जेला मर्कलले अफगानिस्तानलाई “अस्तव्यस्तताको अवस्थामा प्रवेश गर्न दिन नहुने“ बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबानमार्फत नभइ अन्तर्राष्ट्रिय सङ्घसंस्थामार्फत सहायता उपलब्ध गराइनुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवको आग्रहपछि हिजो जी २० का नेताहरूको भर्चुअल बैठक बसेको थियो । आर्थिक सहायताका लागि जनाइएका प्रतिबद्धतामा युरोपेली सङ्घको प्रतिबद्धता पनि रहेकाे छ । सङ्घकी प्रमुख उर्जुला फोन डेअर लयनले अफगानिस्तान र छिमेकी देशमा शरण लिइरहेका शरणार्थीहरूका लागि एक अर्ब यूरो उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ ।
भर्चुअल बैठकका आयोजक इटलीका प्रधानमन्त्री मारिओ ड्रगीले इस्लामवादीहरूलाई संलग्न नगराइ अफगान नागरिकहरूलाई सहयोग गर्न कठिन हुने बताउनुभएको छ । अफगानिस्तानमा अहिले राष्ट्रसङ्घ र परोपकारी सङ्घसंस्थाहरूले मात्रै सहायता चाहिएका मानिसलाई सीमित खाद्यान्न र औषधि उपलब्ध गराइरहेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया