

मोतीपुर झडपमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले १ लाख दिने


बुटवल । रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एकरएक लाख रूपैयाँ दिने भएको छ ।
बुटवल उपमहानगरपालिका(१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आइतबार ४ जनाको मृत्यु भएको थियो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १र१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिए । घाइतेहरूको उपचारमा कमी आउन नदिने पनि निर्णय भएको शर्माले बताए । घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् ।
यसैबिच झडपमा परी मृत्यु हनेमध्ये दुईजनाको नाम खुलेको छ। रुपन्देहीको शुद्धोधन नगरपालिका( ५ का वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाट स्थायी घर भइ हाल तिलोत्तमा शंकरनगर बस्ने युजन कुमाल रहेको प्रहरीले जनाएको छ।
एक जनाको भने अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका कपिलवस्तु वाणगंगा नगरपालिका( १० का ४८ वर्षका रमेश परियारको आइतबार नै सनाखत भएको थियो ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया