

पाकिस्तानमा शक्तिशाली भुकम्प



एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा विहीबार विहानै शक्तिशाली भूकम्प जाँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन अधिकारीहरुले बीबीसीलाई बताएअनुसार मृतकको संख्या अझै बढ्नेछ ।
सामाजिक सन्जालमा देखिएका तस्वीर र भिडियोमा बलुचिस्तानको राजधानी क्वेटा शहरमा नागरिकहरु घर छाडेर सडकमा जम्मा भएका छन् ।
प्रारम्भिक रिपोर्टअनुसार भूकम्प ५.७ म्याग्निच्युडको भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार भूकम्पले भत्काएर संरचनामा पुििरएर मानिसको मृत्यु भएको हो ।
स्थानीय अधिकारीहरुका अनुसार १ सय ५० जनाभन्दा बढी घाइतेलाई उपचारका लागि अस्पताल पु¥याइएको छ । तीमध्ये केहिको अवस्था गम्भीर छ । उद्दार अभियान सुरु भइसकेको बताइएको छ ।
बलुचिस्तानमा हर्नाई राज्यमा सबैभन्दा क्षति पुगेको अधिकारीहरुले बताएका छन् । राज्यको राजधानी क्वेटाबाट पूर्वी क्षेत्रमा रहेको हर्नाईमा ठूलो संख्यामा कोइला खानीहरु रहेका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया