वाणिज्य आपुर्ति कार्यालयद्धारा बाणगंगामा बजार अनुगमन, ५ व्यवसायी परे कार्वाहीमा

कपिलवस्तु ।
चाडपर्वका बेला हुन सक्ने कालोबाजारी र खाद्य गुणस्तरमा लापरवाही हुन सक्ने भन्दै कपिलवस्तुको बाणगंगामा आज बाजर अनुगमन गरिएको छ । वाणिज्य आपुर्ती कार्यालय भैरहवाको टोली सहित कपिलवस्तु स्थित कार्यलय प्रमूख शिवसंकर मिश्र लगाएतको उपस्थितिमा बाणगंगाका विभिन्न बजारमा अनुगमन भएको हो ।

बाणगंगाका बैरिया देखि बनगाई सम्मका बजार अनुगमनका क्रममा पसल व्यवसायहरु दर्ता भएको पाइए पनि गुणस्तरियतामा भने लापरवाही भएको देखिएको कपिलवस्तु स्थित गुण नियन्त्रण कार्यालयका प्रमूख मिश्रले बताउनुभयो । बैरिया र बनगाइका गरी ५ वटा पसल संचालकलाई अनुगमन टोलीले कार्वाही समेत गरेको छ । उनीहरुबाट कार्वाही स्वरुप ४० हजार जरिवाना असूल गरिएको मिश्रले जानकारी दिनुभयो ।
चर्डपर्व लक्षित बजार अनुगमनमा व्यवसायीहरुले सेवाग्रहीसँग चर्काे मूल्यमा सामान विक्रि गर्न सक्ने र यसै समय सामानको कालोबजारी समेत हुने भएपछि बजार अनुगमनमा जोड दिने गरिएको छ ।

बाणगंगामा खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफथ गरी नष्ट गर्ने,जरिवाना तिराइएको छ भने अटेर गर्नेलाई बन्द गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

खबर सबै