

कपिलवस्तुका पाँच ठाउँमा बनाइयो यात्रु सहायता कक्ष



कपिलवस्तु ।
नेपालीहरुका मुख्य पर्वहरु नजिकिँदै जाँदा प्रहरीले सुरक्षा योजनाका गतिविधिलाई पनि बृद्धी गरेको छ । सामान्य समयमा भन्दा बढी अपराधिक गतिविधि बढ्न सक्ने र चाडपर्वमा नागरिकहरुको चहलपहल बढी हुने भएकाले विभिन्न संयन्त्र सहित सुरक्षा व्यवस्थालाई पनि गतिशिल बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाका पाँच स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ भने सुरक्षा व्यवस्थालाई पनि साविकको समयमा भन्दा बढाएको छ । आफनो गन्तव्यमा सहजै आउजाउ गर्न र नागरिकहरुलाई सहायता गर्न जिल्ला ट्राफिक कार्यालयले सो कक्ष स्थापना गरेको हो।
दशैं लगायतका चाडलाई लक्षित गरी कृष्णनगर, चन्द्रौटा गोरुसिंगे, तौलिहवा र पिपरामा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए। ‘यात्रुहरुको बढी भीडभाड र आगमन हुने स्थानमा सहायता कक्ष स्थापना गरेका हौं’ प्रहरी निरीक्षक क्षेत्रीले भने। बिशेष गरी दशैंको बेला यात्रुहरुको बढी आउजाउ हुने गर्दछ। मानिसहरुको आवगमनमा वृद्धि भई सवारी साधनहरुको अस्वस्थ प्रतिस्पर्धाका कारणबाट हुने सवारी दुर्घटना न्युनीकरण गर्न तथा यात्रुहरुमा पर्न जाने समस्या समाधानको लागि सहायता कक्ष स्थापना गरिएको बताए।
यससँगै अब कृष्णनर नाकामा यात्रुहरुको चाप पनि बढने छ। दशैंमा बिशेष गरी भारतका विभिन्न स्थानमा रोजागरीका लागि गएका नेपालीहरु कृष्णनगर नाका हुँदै फर्कने गर्दछन्। ‘हामीले यात्रुहरुको बढी चाप हुेन कृष्णनगर नाकामा बिशेष ध्यान दिएका छौं’ क्षेत्रीले भने।
नागरिक सहायता कक्ष स्थापनासँगै जिल्लामा रहेको यातायात व्यवसायसँग आवश्यक छलफल र परामर्शसमेत गरिएको उनले बताए। यात्रुहरुसँग बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रुहरु राख्ने, याुत्रहरुलाई अनावश्यक सास्ती दिने लगायतका गुनासोहरु दशैंका बेला बढी आउने गर्दछ।
नागरिक सहायता कक्षको माध्यममबाट आफुहरुले यात्रुहरुको गुनासो समाधान गर्ने क्षेत्रीले बताए। उता दशैंको बेला हुन सक्ने संभावित दुर्घटनाहरुलाई मध्यनजर गरी आवश्यक तयारी समेत गरिएको उनले बताए।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया