

अनिता बचाऊ अभियान’ कोरियाबाट गरे परिवारलाई सहयोग ।




सागर पौडेल, कपिलवस्तु ।
पछिल्लो एक महिना भन्दा बढी समय देखि काठ्माण्डौ स्थित न्युरो अस्पतालमा एक जटिल रोगको संक्रमणबाट उपचारतर कपिलवस्तुकी अनिता विकको परिवार दैनिक आर्थिक सहयोगको याचना गरिरहेका छन् । म्यास्थेनिक क्राइसिस् नामक गम्भिर रोगले ग्रस्त बनेकी अनिताको उपचारमा लाखौ रकम खर्च भईसकेको छ । अहिले उनको उपचारका लागि परिवारले जायजेथा खर्च गरिसकेको बताउँछन् । परिवारको आर्थिक क्षयमताले नपुगेपछि अहिले उनको उपचारमा सहयोग गरिदिन परिवारले विभिन्न व्यक्ति समुह र निकायसँग याचना गरिरहेका छन सहयोगीहरु को नाम लिस्ट 
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँकी २२ वर्षीय अनिता वि.क को उपचार सहयोगका लागि सामाजिक सञ्जाल मार्फत अनिता बचाउ अभियान पनि थालिएको थियोे । स्वास्थ्य जटिलता बढ्दै गएपछि उनी अहिले मृत्युसंग लडिरहेकी छन् ।
अहिले पछिल्ला दिनमा केही सुधार भईरहेको परिवारका सदस्यले बताएका छन् । यद्यपी उनको उपचारमा कति खर्च लाग्छ अझै केही भन्न नसकिने अनिताका ससुरा लोक बहादुर वि.कले बताउनुभयो ।
झविन्द्र वि। क। की श्रीमति अनिता २ महिनाको सुत्केरी हुन । काठमाडौँ मेडिकल कलेजमा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठायो तर घर पठाइदिएको ७ दिनपछि पुनः फेरि उस्तै रोग बल्झिएर अहिले फेरि उनको काठमाडौँको न्युरो अस्पतालमा उपचार भइरहेको छ । आर्थिक स्रोतको अभाव सिर्जना हुदा उपचारमा निकै दुख खेप्नु परेकोले सहयोग आउने क्रम पनि जारी छ । उनको उपचारक्रममा धेरै रकमको आवश्यक पर्ने देखिए पछि उपचारमा समस्या भएको पारिवारले बताएका छन् । अनिताको स्वास्थ्य अवस्थामा सहयोग होस् भन्नका लागी देश तथा विदेशबाट नेपालीहरुले सहयोग प्रदान गरिरहेका छन् । शुक्रबार मात्रै कोरियाबाट रोहन बरालको संयोजकत्वमा कोरियाका विभिन्न क्षेत्रमा कार्यरत नेपाली युवाहरुले रकम सकलन गरि एक कार्यक्रमका बिच ६७ हजार रुपैया वि.क परिवारलाई हस्तान्त्रण गरिएको छ । रोहन बरालकी श्रीमती अस्मिता सुनार र आमा गगा देबि सुनारले उपचाररत अनिताका ससुरा लोक बहादुर बि.क र आमा कमला वि. क लाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।
अािर्थक सहयोग कार्यक्रममा दलित अधिकारकर्मी पुर्णचन्द्र परियार ,दलित अगुवा तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुका अध्यक्ष टिकाराम सुनार सहित संचारकर्मीहरुको उपस्थिति थियो ।
‘अनिता बचाऊ अभियान’ अन्तर्गत अहिले देश तथा बिदेशमा विभिन्न युवा,बुद्धिजिबि विभिन्न संघसस्थाहरुले आर्थिक सकलनका लागि सामाजिक संजालमार्फमा अभियान समेत चलाईरहेका छन् ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया