
लुम्बिनी प्रदेश सभाको बैठक स्थगित

बुटवल ।
पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचना गरी जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक यही असोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै एमालेले प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखिनै बैठक अवरुद्ध गर्दै आएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया