

पाँच महिनापछि खुल्याे मुक्तिनाथ मन्दिर



म्याग्दी – कोरोना भाइरस सङ्क्रमणको कारण पाँच महिनादेखि बन्द मुस्ताङको मुक्तिनाथ मन्दिर आजदेखि खुलेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार मन्दिर खुला गरिएको हो ।
हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारण तथा भक्तजनहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । गएको वैशाख महिनादेखि बन्द मुक्तिनाथ मन्दिर डीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि खुलेको हो ।
मुक्तिनाथ मन्दिर विकास समितिका अध्यक्ष समेत रहनुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पालना गर्ने गरी बाहिरी जिल्लाबाट आउने भक्तजन र तीर्थयात्रीलाई लक्षित गरेर मन्दिरमा दर्शन गर्न तथा पूजाआजाका लागि खुलाइएको बताउनुभयो ।
उहाँले स्वदेशीका लागि पीसीआर वा एन्टिजेन परीक्षण गरेको नेगेटिभ रिपोर्ट तथा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको खोपकार्ड र विदेशीलाई पीसीआर परीक्षणको सात दिनभित्रको रिपोर्टका आधारमा मुक्तिनाथ प्रवेशको अनुमति दिइएको जानकारी दिनुभयो ।
नेपालीहरु सोह्रश्राद्धको अवसरमा कागबेनीमा पुगेर श्राद्ध र पिण्डदान गरी मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुग्ने गर्दछन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि मुस्ताङमा गएको वैशाख तेस्रो हप्तादेखि जारी गरिएको निषेधाज्ञा गएकाे भदौको २३ गतेबाट हटाइएको थियो ।
मुस्ताङमा १८ वर्षभन्दा माथिका सबै नागरिकहरुले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएको अवस्थामा सङ्क्रमणदर समेत न्यून रहेकाले जनजीवनलाई सामान्य बनाउन निषेधाज्ञा हटाइएको थियो ।
मुस्ताङमा जारी निषेधाज्ञा हटाएसँगै प्रसिद्ध मुक्तिनाथ मन्दिर खुलाउनका लागि प्रशासनलाई दबाब परेको थियो । निषेधाज्ञा हटाएर मुक्तिनाथ मन्दिर खुलेसँगै कोरोना भाइरसका कारण थला परेको मुस्ताङको पर्यटन व्यवसायले अब गति लिने अपेक्षा गरिएको पर्यटन व्यवसायीहरु बताउँछन् । मुस्ताङका धार्मिक तथा पर्यटकीय स्थलहरु खुलेसँगै म्याग्दीको बेनी भएर मुस्ताङ जाने स्वदेशी पर्यटकहरुको चहलपहल समेत बढेको छ ।
समुद्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा रहेकाे मुक्तिनाथ मन्दिरमा १०८ धारा नुहाइ मन्दिरको दर्शन तथा पूजाआजा गर्न बर्सेनि भक्तजनकाे घुइँचो लाग्ने गरेकाे छ ।
कोरोना परीक्षणको नेगेटिभ रिपोर्टसहित पूर्ण खोप लगाएको आधारमा मुस्ताङ प्रवेशका लागि खुला गरिएपछि मुस्ताङमा स्वदेशी पर्यटकहरुको चहलपहल बढेको मुस्ताङ होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो ।
उहाँले पछिल्लो पटक कागबेनी र मुक्तिनाथ क्षेत्रमा स्वदेशी पर्यटकहरु आउने थालेको बताउँदै उपल्लो मुस्ताङको भ्रमणमा भने विदेशी पर्यटकहरु पुगेको जानकारी दिनुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया