

अफगानिस्तानको काबुलमा भएको ड्रोन आक्रमणमा १० जना निर्दोस नागरिक मारिएकाे पुष्टि



एजेन्सी
अफगानिस्तानको काबुलमा भएको ड्रोन हमलामा १० जना सर्वसाधारण मारिएको भन्दै अमेरिकाले माफी मागेको छ ।
यसअघि तालिबानी लडाकु मात्रै मारिएको दाबी गरे पनि हिजो अमेरिकी सेनाले पत्रकार सम्मेलन गरेर आफूहरुले गरेको आक्रमणमा १० जना सर्वसाधारण मारिएको र त्यो एउटा दुःखद् क्षण भएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
निर्दोस मानिस मार्नु कुनै उद्देश्य नभए पनि विद्रोहीलाई जवाफ दिने क्रममा सर्वसाधारण मारिएको अमेरिकी सेनाले जनाएको छ । अफगानिस्तानमा तालिबानले कब्जा जमाए पछि २६ अगस्टमा काबुल एयरपोर्टमा आईएसआईएसले आत्मघाती हमला गर्दा १३ अमेरिकीसहित २ सयभन्दा धेरैको ज्यान गएको थियो ।
त्यसको बदला लिनको लागि पछि अमेरिकाले ड्रोन हमला गरेको थियो । त्यतिबेला अमेरिकाले कोही पनि सर्वसाधारण नमारिएको दाबी गर्दै आएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया