संविधान दिवसमा लुम्बिनीका ५७ जनालाई प्रदेश पदकद्वारा विभूषित गरीने

कपिलवस्तु ।
संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभरबाट ५७ जनालई विभिन्न पदकले सम्मान गर्ने भएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले गरेको निर्णय अनुसार पदक सिफारिश समितिले गरेको सिफारिश अनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने पनि निर्णय गरेको हो । असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरेको हो ।
यी पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ।

प्रतिक्रिया

खबर सबै