

मेटमणि बने नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष




बुटवल ।
नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न बैठकले केन्द्रीय कमिटी सदस्यसमेत रहेका मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी गठन गरेको हो ।
चौधरी अध्यक्ष रहेको कमिटीमा रुपन्देहीका राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरू सदस्य रहने गरी प्रदेश कमिटी बनाइएको सचिव गुरुङले जानकारी दिए। उनका अनुसार कमिटीलाई आगामी केन्द्रीय कमिटिको बैठक र प्रदेश भेलापछि पूर्णता दिइनेछ।
भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा भेला र बैठकहरू गर्ने निर्णय गरेको छ। बैठकमा लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरूले जिल्लामा पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
निर्वाचन आयोगबाट ९ भदौमा दल दर्ताको प्रमाण पत्र पाएको नेकपा एसले जिल्ला र प्रदेश कमिटी गठनलाई तीव्रता दिएको छ । यसैबीच शुक्रबार काठमाडौंस्थित मीनभवनमा पार्टीको केन्द्रीय कार्यालय पनि उद्घाटन गरिएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया