

लुम्बिनीका ३ सहित २७ जिल्लामा शिक्षक दरबन्दी मिलानका लागि विवरण माग


काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आउँदो कात्तिक मशान्तसम्म शिक्षक दरबन्दी मिलान गरिसक्ने बताएको छ ।
दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको हुनाले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको स्थानीय तहमा सरुवा गर्ने प्रक्रिया शुरु गरेको केन्द्रको भनाइ छ ।
दरबन्दी मिलानकै क्रममा केन्द्रले विभिन्न २७ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक दरबन्दी विवरण अद्यावधिक गराउन पत्राचार गरेको छ । केन्द्रका अनुसार ११ सय दरबन्दी एउटा जिल्लाबाट अर्को जिल्लामा स्थानान्तरण भइसकेका छन् ।
बाँकी पुल दरबन्दीमा रहेकाहरुलाई स्थानान्तरण गर्ने प्रयोजनको लागि केन्द्रले २७ जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरेको निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिए ।
केन्द्रले ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, चितवन, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची र डोल्पाको एकाइलाई दरबन्दी मिलानको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ ।
केन्द्रले २०७२ साल असोज ३ यता जिल्लान्तर सरुवा भएका र बाँकी स्थायी शिक्षकको अलग अलग नाम, विद्यालय, स्थानीय तह र कनिष्ठताको सूची समेत तयार गरी अद्यावधिक विवण माग गरेको छ ।




खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया