

कपिलवस्तु सहित ७ जिल्लाको कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक



काठमाडौं ।
नेपाली काँग्रेसले कपिलवस्तु सहित सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ ।
बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको हो ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार यससँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएको छ । काँग्रेसमा अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।
प्रदेश दुईका आठ वटै जिल्ला, बागमती प्रदेशको रसुवा, लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी छ ।
महोत्तरी, पर्सा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएपनि नामावली सार्वजनिक भएको छ ।
२० जिल्लामा भदौ १८ मा वडा अधिवेशन नहुन नसकेपछि अधिवेशनको कार्यतालिका नै परिमार्जन गर्नुपरेको छ । यी २० जिल्लामा असोज ५ गत वडा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ ।
यस्तै पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते सारिएको छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।
यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि सारिएको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया