

अफगानिस्तानमा मानवीय संकट, राष्ट्रसंघद्वारा सहयोगका लागि आह्वान





एजेन्सी
अफगानिस्तानमा ठूलो मानवीय संकट आउन लागेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको छ । यहाँको आर्थिक अवस्था ध्वस्त भएको र ठूलो मानवीय संकट आउन लागेको भन्दै त्यहाँ आवश्यक सहयोग उपलब्ध गराउन भनिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको बताइएको छ । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसले सहयोगको आह्वान गर्नुभएको हो ।
गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीहरुले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।अफगानिस्तानका नागरिकहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
महासचिव गुटर्रेसले सो सम्मेलनमा करिब ६० करोड अमेरिकी डलरको तत्कालै आवश्यकता रहेको बताउनुभयो । उहाँले यो सहयोग तत्कालै उपलब्ध भएमा अफगानिस्तानका दशौँ लाख मानिसलाई राहत पुग्ने पनि बताउनुभएको थियो । यहाँको पछिल्लो राजनीतिक परिवर्तनपछि नागरिकहरु निकै नै ठूलो जोखिममा परेका भन्दै उहाँले भन्नुभयो– हामीले यहाँ यो कुरा त्यसै भनेका छैनौँ कि अफगानिस्तानको अवस्था साँच्चिकै नराम्रो छ ।
अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै संयुक्त राष्ट्रसंघले तालिबानलाई सहयताकर्मीहरुलाई यहाँका विभिन्न स्थानमा उनीहरुले सहयोग गर्न पुगे भने उनीहरुलाई नरोक्न पनि आह्वान गरेको छ । तालिबान लडाकूहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए ।
हाल पनि अफगानिस्तानका लाखौँ नागरिक आन्तरिक रूपमा विस्थापित भएर देशभित्रै शरणार्थीको जस्तो अवस्थामा बाँच्न बाध्य भएको बताइएको छ ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया