

चोरीमा बालबालिकालाई संलग्न गराउने समूह सक्रिय



रतबाट आएको एउटा समूहले बालबालिकालाई चोरीमा संलग्न गराएको आशङ्का प्रहरीले गरेको छ। कोहलपुरका विभिन्न ठाउँमा पाल टाँगेर बसेको भारतीय समूहमा रहेका बालबालिकाले सार्वजनिक बसलगायत विभिन्न ठाउँमा चोरी गरेको फेला परेपछि यस्तो आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरले बालबालिकाबाट एक लाख रुपियाँभन्दा बढी रकम र सुनका गरगहनासमेत बरामद गरेकाले ती बालबालिकालाई चोरीमा प्रयोग गर्ने गरिएको आशङ्का गरिएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण लामिछानेले बताए । उनले मजदुरी गर्ने, विभिन्न खालका सामान बेच्ने तथा मागेर खाने मानिसको समूहले नै त्यस्तो गर्ने गरेको हुनसक्ने बताए।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुरमा एउटा समूह पाल नै टाँगेर बसेको छ। उनीहरूको समूहमा रहेका बालबालिकाले बसमा यात्रा गर्ने र यात्रुहरूको पैसा तथा गरगहना चोरी गर्ने गरेको प्रहरीले फेला पारेको थियोे। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालले बाल बिज्याइँ भएकाले सोही कानुनी व्यवस्थाअनुसार अनुसन्धान भइरहेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया