

अफगानिस्तानमा तालिबानद्वारा दुई पत्रकारमाथि निर्घात कुटपिट



काठमाण्डाै
अफगानिस्तानमा विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका रिपोर्टर ताकी दरयाबी र फोटो पत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले निर्घात कुटपिट गरेको बीबीसीले जनाएको छ ।
गएकाे बुधवार काबुलमा महिलाहरूले गरेको प्रदर्शनमा रिपोर्टिङ गरिरहेका उनीहरूलाई तालिबानले पक्राउ गरी प्रहरी थाना लगेर हिरासतमा राखेको र कुटपिट गरी छाडिदिएको खबरमा उल्लेख छ ।

कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरूको तस्बिर सार्वजनिक भएका छन् । चौकीमा आफूहरूलाई लट्ठी, बिजुलीका तार र कोर्राले हिर्काइएको र केही घण्टापछि कुनै जानकारीविना छाडिदिएको उनीहरूले बताएका बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सीपेजीका अनुसार पछिल्लो दुई दिनमा तालिबानले १४ जना पत्रकारलाई पक्राउ गरेर छाडेको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया