

तालिबानद्वारा अफगानिस्तानमा आज नयाँ सरकार घोषणा गर्ने तयारी



काठमाण्डाै
अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । हिजो नै घोषणा गर्ने भनिए पनि छलफल नटुङ्गिएकाले आजका लागि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ ।
छलफल लगभग टुङ्गिएकाले आज नयाँ सरकार घोषणा हुन सक्ने अनुमान गरिएको हो । तालिबानको सरकारमा राष्ट्रपति र प्रधानमन्त्री हुने खबरमा उल्लेख छ । तर, सरकारमा महिला सहभागी हुने/नहुने बारे केही खुलाइएको छैन । महिलाहरुले सरकारमा सहभागी हुन पाउने माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार शासन चलाएका थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया