

पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले दक्षिण अफ्रिकालाई १४ रनले हरायो



काठमाण्डाै
श्रीलङ्काले पहिलो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई १४ रनले हराएको छ । कोलम्बोमा गएराति श्रीलङ्काले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले ९६ रनको अर्धशतकीय पारी खेले । यस्तै रस्सी भान डेर डुसेनले ५९, कप्तान टेम्बा बाभुमाले ३८ र हेन्रिच क्लासेनले ३६ रन बनाए । श्रीलङ्काका अकिला धनञ्जयले २ तथा चमिका करुणरत्ने, वानिन्दु हसरङ्ग र प्रभिन जयविककर्मले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन जोडेको थियो । श्रीलङ्काका अभिस्का फर्नान्डोले १ सय १८ रनको शतकीय पारी खेले भने चारिथ असालङ्काले ७२, धनञ्जय डी सिल्भाले ४४ रन बनाए ।
दक्षिण अफ्रिकाका कागिसो राबडा र केशव महाराजले २/२ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा श्रीलङ्काले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया