

‘अफगानीलाई मार्न बन्द गर’ : राशिद खान



काठमाण्डाै
तालिबानले नियन्त्रणमा लिएयता अफगानिस्तानकाे अवस्था झन् बिग्रिँदै गएकाे छ । हिजाे बिहीवार राति काबुल विमानस्थलबाहिर भएकाे विस्फाेटमा १३ अमेरिकी सैनिकसहित कम्तीमा ९० जनाकाे ज्यान गइसकेकाे छ ।
विस्फाेटमा घाइते हुनेकाे सङ्ख्या एक सय ५० नाघेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार इस्लामिक स्टेटले आत्मघाती आक्रमणकारीले ‘अमेरिकी सेनाका सहयोगी र अनुवादकहरू’ लाई निसाना बनाएको बताएको छ ।
सामाजिक सञ्जालमा राशिद खानले लेखेका छन्, ‘काबुलमा फेरि रगत बगिरहेकाे छ अफगानीलाई मार्न बन्द गर ।’
यसैबीच अफगानिस्तानका स्टार क्रिकेटर राशिद खानले सामाजिक सञ्जालमा एक मार्मिक अपिल गरेका छन् । उनले रक्तपात राेक्न माग गर्दै अफगान नागरिकलाई नमार्न अपिल गरेका छन्
बेलायतमा टी–२० खेलिरहेका राशिद खानका परिवार अहिले अफगानिस्तानमा छन् ।
अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको छ । तालिबानसँग सहमति गरेअनुसार अमेरिकाले उद्धार कार्य यही अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया