३ खर्ब ३३ अर्ब माथि पुग्यो मुलुकको चालू खाता घाटा

काठमाडौं ।

मुलुकको चालू खाता घाटा बढेर ३ खर्ब ३३ अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६र७७ को तुलनामा गत आर्थिक वर्ष २०७७र७८ मा मुलुकको चालू खाता घाटा अधिकतम २ खर्ब ९९ अर्ब ९१ करोडले बढेर ३ खर्ब ३३ अर्ब ६७ करोड पुगेको हो ।

यस्तो घाटा अघिल्लो वर्ष ३३ अर्ब ७६ करोड मात्र रहेको थियो । यस्तो घाटा अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाख रहेकोमा समीक्षा अवधिमा २ अर्ब ८४ पुगेको बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७र७८ मा पुँजीगत ट्रान्सफर ७।४ प्रतिशतले बृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०।२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ९४ करोड रहेको थियो ।

समिक्षा अवधिमा शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेकोमा अघिल्लो वर्ष यस्तो बचत २८२ अर्ब ४१ करोड रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै