कपिलवस्तुमा पनि गाइजात्रा मनाइयो

कपिलवस्तु ।
पछिल्लो एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा कपिलवस्तुको तौलिहवामा नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन । नेवा खलको अगुवाईमा उनीहरुले गाईजात्राका दिन मानिसलाई गाईका रूपमा सिँगारी तौलिहवामा क्षेत्रमा परिक्रमा गाईजात्र मनाएको छ ।

पछिल्लो एक बर्ष भित्र तौलिहवामा ३ जना नेवार समुदायको मानिसको मृत्यु भएको र त्यस मध्ये २ परिवारले गाईको स्वरुप बनाइएर गाईजात्रा मनाइएको नेवा खलका अध्यक्ष त्रिबिक्रम जोशीले बताए । यस क्रममा उनीहरूलाई श्रद्धालुहरुबाट ठाउँठाउँमा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको थियो यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । पछल्लो केही बर्ष यता नेवार समुदायले नेवा खलको अगुवाइृमा गाईजात्रा समते मनाउने गरिएको छ ।

गाईजात्रामा नेवा खलका अगुवा राजेन्द्रमान श्रेष्ठ, मधुसुदन श्रेक्ष्ठ लगायतको सहभागीता थियो । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति छ ।

 

प्रतिक्रिया

खबर सबै