
इतिहासमा आज : चन्द्रमाको कक्षबाट खिचियो पृथ्वीको पहिलो तस्बिर

सन् १९६० को दशकको सुरुवातमा अमेरिकाले एपोलो मिसन सुरु गरेको थियो । यस मिसनको उद्देश्य चन्द्रमामा मान्छे पठाउनु थियो । तर, त्यतिबेला वैज्ञानिकहरूसँग चन्द्रमाको सतहको विस्तृत तस्बिर समेत थिएन । एपोलो मिसनका लागि चन्द्रमाको सतहको तस्बिर आवश्यक थियो जसको मूल्याङ्कन गरेर अन्तरिक्ष यानलाई ल्यान्डिङ कहाँ गर्ने भनेर तयारी गर्न सकियोस् ।
नासाले १० अगस्त १९९६ मा अर्बिटर १ लञ्च गर्यो । यसमा एक मेन इन्जिन, ४ सोलार प्लेट र ६८ किलोको कोड्याक इमेजिङ सिस्टम फिट गरियो । यसका काम अलग–अलग एंगलबाट चन्द्रमाको सतहको तस्बिर खिच्नु थियो । चन्द्रमाको कक्षमा पुग्ने यो विश्वको पहिलो अन्तरिक्ष यान थियो ।
अन्तरिक्ष यानको लञ्च सफल भयो र १४ अगस्तमा यो चन्द्रमाको कक्षसम्म पुग्न सफल भयो । सन् १९६६ अगस्त २३ मा यसले पृथ्वीको पनि एउटा तस्बिर खिच्यो । चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको यो पहिलो तस्बिर थियो ।

अर्बिटर १ ले चन्द्रमाको कक्षबाट खिचेको पृथ्वीको पहिलो तस्बिर
२८ अगस्तसम्म यसले चन्द्रमाको सतहको कूल २०५ वटा तस्बिर पठायो । २९ अक्टुबरमा चन्द्रमाको सतहसँग ठोक्किएर यो नष्ट भयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया