

सरकारका सहयोगीलाई घर–घर पुगेर खोज्दै तालिबान



एजेन्सी
तालिबानले नेटो सेना र अफगान सरकारसँग काम गरेकाहरूको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रको एक रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा तालिबान विद्रोहीहरू घर–घर पुगेर उनीहरूको खोजी गर्दै परिवारलाई धम्की दिइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
उता, दोस्रोतर्फ तालिबान नेतृत्व भने अफगानिस्तानमा कब्जा जमाएपछि कुनै प्रकारको बदला नलिने भनेर अफगानिस्तानका जनतालाई भरोसा दिलाउने प्रयास गरिरहेका छन् । तर, सन् १९९० ताका तालिबानको क्रूरता भोगेकाहरू उनीहरू बदल्नेमा कम आशावादी रहेका छन् ।
तालिबानको पछिल्लो ‘सर्च अपरेशन’ बारे आरएचआईपीटीओ नर्वेजियन सेन्टर फर ग्लोबल एनालिसिसले तयार गरेको हो । यो समूहले संयुक्त राष्ट्रलाई खुफिया जानकारी प्रदान गर्दछ । संस्थाका प्रमुख क्रिश्चियन नेलेमनले बीबीसीसँग भने, ‘तालिबान ठुलो सङ्ख्यामा मानिसहरूलाई निशाना बनाइरहेका छन् । उनीहरूमाथि खतरा बढिरहेको स्पष्ट देख्न सकिन्छ । उनीहरूले आत्मसमर्पण नगरे तालिबानले उनीहरूलाई गिरफ्तार गरेर सजाय दिने नत्र उनीहरूको परिवारसँग सोधपुछ गरेर उनीहरूलाई पनि सजाय दिइने पत्र दिइएको छ ।’
उनका अनुसार तालिबानको कालोसूचीमा धेरै व्यक्तिहरूको नाम रहेको र उनीहरूलाई मृत्युदण्डको सजायसमेत दिन सकिनेछ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया