

यूएईको शरणमा अफगानिस्तानका राष्ट्रपति घानी



काठमाण्डाै ,
अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र उहाँको परिवारलाई आफ्नो देशमा स्वागत गरेको जनाएको छ ।
अफगानिस्तानबाट भागेका घानी पहिले ताजिकिस्तान गएका भनिएको थियो । तर, समाचार संस्था अल जजिराले घानी र उहाँको परिवार तथा सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार भागेर उज्वेकिस्तान गएको दाबी गरेको थियो ।
सङ्कटका बेला देश र नागरिकलाई छोडेर भागेको भन्दै उहाँको आलोचना पनि भइरहेको छ । पहिलो पटक सन् २०१४ मा अफगानिस्तानको राष्ट्रपति भएका घानीले दोस्रो पटक सन् २०१९ मा सत्ता सम्हाल्नु भएको थियो ।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अफगानिस्तानमा हजारौँ नागरिक विस्थापित भएका भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओले अफगानिस्तानमा तत्काल मानवीय सहायता र स्वास्थ्य सेवाको आवश्यकता रहेको पनि जनाएको छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया